अग्निशमन केन्द्रको मुख्यमन्त्रीद्वारा उद्घाटन

गोयलपोखर : गोयलपोखरमा नवनिर्मित अग्निशमन केन्द्रको राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज कोलकताबाट नै विधिवत् उद्घाटन गरिन्। अग्निशमन केन्द्रको उद्घाटनको समयमा उपस्थित सबैले राज्यका श्रम विभागका राज्यमन्त्री तथा गोयलपोखरका विधायक गुलाम रब्बानीलाई बधाई दिए। यस अवसरमा तिनले इलाकाका मानिसहरूको धेरै समय अघिदेखिको माग पुरा भएको बताए। गोयलपोखरको गति इलाकामा लगभग 4 करोड 18 लाख रुपियाँको लागतमा उक्त नयाँ अग्निशमन विभागको निर्माण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *