अग्रणी संघ-द्वारा 2 सयजना आवश्यकमन्दहरूलाई खाद्य वितरण

सिलगढी : कोरोना परिस्थितिमा धेरैजना मानिसहरू खाद्य संकटसँग जुझिरहेका छन्। यसैले आवश्यकमन्द मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर दक्षिण देशबन्धुपाडा पाइप लाइन संलग्न अग्रणी संघले आज लगभग 2 सयजना मानिसहरूलाई चामल, दाल, आलु, सोयोबीन, तेल वितरण गर्यो। क्लबका अध्यक्ष गौतम चाकीले बताएअनुसार उक्त संघले विविध समाजमूलक कार्यहरू गर्दै आइरहेको छ। आगामी दिनहरूमा पनि यस प्रकारको कार्यहरू गरिरहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *