अज्ञात व्यक्तिहरूले आगो लगाए कालीझोडाको टनल मसिनमा

सिलगढी : केन्द्र सरकारको रेल परियोजना अन्तर्गत पश्चिम बंगालको सेभोकदेखि सिक्किम जानको लागि रम्फूसम्मको रेल परिसेवाको लागि हाल निर्माण कार्य युद्धस्तरमा सम्पन्न भइरहेको छ। यसैबीच रेल परिसेवाको निम्ति विभिन्न ठाउँमा टनल (सुरङ) बनाउने कार्य पनि चलिरहेको छ। शनिबार राति लगभग 11.30 बजे कालीझोडा टनल निर्माणको लागि ल्याइएको नयाँ मसिनमा केही अज्ञात मानिसहरूले आगो लगाइ दिएको जानकारी प्राप्त भएको छ। उक्त आगलागीको घटनापछि रेलवे परियोजनामा कार्यरत कर्मचारीहरू आतङ्कित बन्न पुगेका छन्।


आईटीडीसी कन्स्ट्रक्सन कम्पनीद्वारा सेभोकदेखि रम्फूसम्मको रेल पथ निर्माणको लागि ल्याइएको उक्त मसिनको अनुमानित मूल्य 2 करोडभन्दा अधिक रहेको बताइएको छ। आज बिहान घटनाको खबर पाएर ठेकेदारहरूको संस्थालगायत रेलवे कार्यकर्ताहरू घटनास्थलमा पुगेर घटनाको जानकारी लिनको यसबारे पुलिसलाई खबर दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *