अज्ञात व्यक्तिको शव उद्धार

इस्लामपुर : इस्लामपुर थानाको गुन्जरिया भाङ्गापुल टिस्टा क्यानल इलाकामा आज अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले उक्त इलाकामा अज्ञात व्यक्तिको शव देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर इस्लापुर थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *