अज्ञात व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार

जलपाईगढी : जलपाईगढी संलग्न तालमाको जाबरभिटा इलाकामा एकजना अज्ञात व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान जलपाईगढी संलग्न तालमार जाबरभिटा इलाका भएर आवतजावत गरिरहेको समय स्थानीय मानिसहरूले एकजना व्यक्तिको झुन्डिरहेको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर जलपाईगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *