अज्ञात व्यक्तिको झुण्डिएको अवस्थामा शव उद्धार

सिलगढी : सिलगढीको मेडकल मोड नजिकबाट एकजना व्यक्तिको झुण्डिएको अवस्थामा शव फेला परेको छ। उक्त व्यक्तिले आत्महत्या गरेको हो अथवा कसैले हत्या गरेर तिनलाई रुखमा झुण्डियाईदिएको हो भन्नेबारे हालसम्म पत्तो लाग्न सकेको छैन। स्थानीय मानिसहरूले आज बिहान मेडिकल मोडनजिक एउटा रुखमा झुण्डिरहेको अवस्थामा एकजना अज्ञात व्यक्तिको शव देखेपछि यसबारे तत्कालै पुलिसलाई जानकारी गराए। पुलिसले घटनाको खबर पाएर घटनास्थलमा पुगेपछि शव उद्धार गर्नको साथै उक्त घटनाको छानबीन शुरू गरेको छ। यसको साथै उक्त व्यक्तिको हालसम्म पहिचान नभएको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *