अज्ञात व्यक्तिको शव उद्धार

सिलगढी : फुलबारी 1 नम्बर अञ्चल पोड़ाझाड़ रेल ब्रिज नजिक महानन्दा नदीबाट आज बिहान अज्ञात व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले महानन्दा नदीमा एकजना व्यक्तिको शव तैरिरहेको देखेपछि एनजेपी थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक व्यक्तिको अनुमानित उमेर 32 रहेको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *