अज्ञात व्यक्तिको शव उद्धार

अलिपुरद्वार : फालाकाटा ब्लकको हेदायतनगर गाउँमा मुजनाई नदीको मैदानबाट शुक्रबार अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले आज बिहान 7 बजी मुजनाई नदीको छेउ मैदानबाट अज्ञात व्यक्तिको शव देखेपछि यसबारे जटेश्वर आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *