अज्ञात ज्वरोले सिलगढी जिल्ला अस्पतालमा धेरैजना शिशुहरू भर्ना, विधायक शंकर घोषले गरे अस्पतालको परिभ्रमण

सिलगढी सिलगढी जिल्ला अस्पतालमा धेरैजना शिशुहरू अज्ञात ज्वरोले ग्रसित भएर भर्ना गरिएको छ। सिलगढीका विधायक शंकर घोषले आज सिलगढी जिल्ला अस्पतालको शिशु विभागको परिभ्रमण गर्दै शिशुको आमाहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले अस्पतालका सुपर प्रदीप्तो भट्टाचार्यसित भेट गरेर अक्सिजन कन्सन्ट्रेटर पनि प्रदान गरे। गत केही दिनदेखि उत्तर बंगालको केही जिल्लाहरूमा धेरैजना शिशुहरू अज्ञात ज्वरोले पीड़ित छन्। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पनि ज्वरोले ग्रसित शिशुहरूको संख्यामा दिनप्रतिदिन बढ्दै गइरहेको छ। केवल दार्जिलिङ, जलपाईगढी मात्र नभएर उत्तर बंगालभरिमै ज्वरो, सर्दी र खोकीले ग्रसित शिशुहरूको संख्या बढ्दै गइरहेकोले उत्तर बंगालको जिल्लाका मानिसहरू आतङ्कित बन्न पुगेका छन्। शिशुहरूमा भइरहेको यस प्रकारको संक्रमणलाई लिएर जिल्ला स्वास्थ्य विभागको पनि चिन्ता बढ्दै गइरहेको छ। यसैले आज सिलगढीका भाजपा विधायक शंकर घोषले सिलगढी जिल्ला अस्पतालको परिभ्रमण गरे। यस अवसरमा विधायक शंकर घोषले भने, आफू आज सिलगढी जिल्ला अस्पतालको सुपरसित भेट गरेर शिशुहरूको स्वास्थ्यबारे जानकारी लिए। तिनले जिल्ला मुख्य स्वास्थ्य अधिकारीसित व्यक्तिगत रूपमा कुराकानी गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *