एड्स दिवसको उपलक्ष्यमा सिलगढीमा जागरूकता शिविर

सिलगढी : आज विश्व एड्स दिवस। जागरूकता नै एड्सको एकमात्र दबाई हो। यसैले वेस्ट बेङ्गाल भोलेन्टरी हेल्थ एसोसिएशनने विभिन्न ठाउँहरूमा एड्सबारे जागरूकता शिविरको आयोजना गर्यो। यसै क्रममा आज सिलगढीको आशीघर मोड़मा डाबग्राम फुलबारीका प्रधान सुधा सिंह च्याटर्जीले उक्त जागरूकता शिविरको उद्घाटन गरिन्।संगठनका सचिव तरुण माइतीले एड्सबारे जागरूकताको फैलाएको कारणले गर्दा नै विश्वभरिमै एड्स संक्रमणको संख्या कम्ती भएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *