एआईडीडब्ल्युए-द्वारा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी  : अखिल भारतीय लोकतान्त्रिक महिला संघ (एआईडीडब्ल्युए)-को दार्जिलिङ जिल्ला कमिटीले महान स्वतन्त्रता सेनानी तथा सामाजिक कार्यकर्ता कमरेड लक्ष्मी सहगललाई श्रद्धाञ्जलि अर्पण गरेपछि सिलगढीमा विरोध प्रदर्शन गर्यो। संगठनका कार्यकर्ताले सबैलाई निःशुल्क भ्याक्सिन दिनुपर्ने मागमा आज अनिल विश्वास भवन अघि विरोध प्रदर्शन गरेको बताइएको छ।


यस सम्बन्धमा संस्थाका जिल्ला सचिव स्निग्धा हाजराले आजदेखि 15 अगस्तसम्म उक्त संस्थाले निःशुल्क टीका उपलब्ध गराउने तथा पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिको विरोधमा लगातार आन्दोलन गर्ने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *