‘एइ प्रजन्म’-द्वारा सिलगढीमा पत्रकारहरूलाई सम्मान

सिलगढी : ‘एइ प्रजन्मसंगठनको तर्फबाट आज पत्रकारहरूलाई सम्वर्द्धना जनाइयो। कोरोना महामारीको समयमा डाक्टर, नर्स, पुलिसहरूले झैँ पत्रकारहरूले पनि दिनहुँ यसबारे खबर संग्रह गरेर मानिसहरूलाई जानकारी गराइरहेकोले एइ प्रजन्मसंगठनले आज पत्रकारहरूलाई सम्मान जनायो। सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा कार्यक्रमको माध्यमद्वारा पत्रकारहरूलाई खदा माला लगाइदिनको साथै मोमेन्टो प्रदान गरेर सम्वर्द्धना जनाइयो। यस अवसरमा संगठनका कर्ताधर्ता शंकर घोष, अनिर्वान दत्त लगायत संगठनका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *