एयर फोर्स स्टेशन खरसाङमा रन फर युनिटी पालन

खरसाङ: खरसाङको बागौरास्थित वायु सेनाको स्टेशनमा देश स्वाधीन भएको 75 औँ वर्ष पुगेको अवसरमा आजादीका अमृत महोत्सव पालन गरियो। देशभरि आजादीका अमृत महोत्सव पालन गरिरहेको छ भने आज देशभरिकै वायु सेना स्टेशनहरूमा आजादीको अमृत महोत्सवको साथमा युनिटी रनको पनि आयोजना गरिएको छ। यसै क्रममा एयर फोर्स स्टेशन खरसाङमा पनि रन फर युनिटी पालन गरियो।


यस अवसरमा बिहान 7 बजेतिर वायु सेनाका अधिकारीहरू, जवानहरू र वायु सेनासित सम्बन्धित व्यक्तिहरूले रन फर युनिटी पालन गर्दै दौड़मा सहभागिता जनाएका थिए। सबैजना लगभग 4 किलोमीटरसम्म युनिटीको लागि दौड़ेका थिए। उक्त दौड़को उद्देश्य स्वतन्त्रता सेनानीहरूलाई सम्झना गर्नु र वायु सेना र सम्बन्धित परिवारहरूलाई साथ लिएर अघि बढ़्नु रहेको बताइएको छ। आजको आजादी अमृत महोत्सव र रन फर युनिटी विषयमा एयर स्टेशन खरसाङको स्टेशन कमाण्डर सञ्जीव सजवानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *