एयरभ्यु मोडको नाम अब महात्मा गाँधी रोडको रूपमा आधिकारिक घोषणा

सिलगढी : महात्मा गाँधीको 151औँ पुण्यतिथिको अवसरमा सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले बिहिबार एयरभ्यु मोडको नाम परिवर्तन गरेर महात्मा गाँधी रोडको रूपमा आधिकारिक घोषणा गरे। विभिन्न राजनैतिक अनि गैर-राजनैतिक संगठनहरूले सिलगढी महात्मा गाँधीको 151औँ पुण्यतिथीको अवसरमा तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा वामफ्रन्टको तर्फबाट सचिव जिबेश सरकार, मेयर अशोक भट्टाचार्यलगायत अन्य शीर्ष व्यक्तिहरूले महात्मा गाँधीको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *