अस्थायी विद्युत कर्मचारीद्वारा आजदेखि दुईदिने हडताल शुरू

सिलगढी : पश्चिमबंग राज्य विद्युत कन्ट्र्याकचुअल तथा ठिका कर्मी ऐक्य मञ्चले आजदेखि दुई दिने हडताल बोलाएको छ। विद्युत विभागका कन्ट्र्याकचुअल कर्मचारीहरूले आज बिहानैदेखि सिलगढीको पावर हाउस कम्प्लेक्सअघि विक्षोभ प्रदर्शन गरे। तिनीहरूले वेतन वृद्धिको मागमा केही दिन अघि एउटा ज्ञापन पत्र चढाए तापनि हालसम्म सो पुरा नभएपछि बाध्य भएर आजदेखि दुई दिने हडताल बोलाएको बताइएको छ। ऐक्य मञ्चका राज्य कमिटी सदस्य अनामिका साहाले बताएअनुसार 7 सुत्रीय मागलाई लिएर विद्युत विभागका कन्ट्र्याकचुअल कर्मचारीहरूले आजदेखि दुई दिनव्यापी हडताल बोलाएको हो। आफूहरूको मुख्य माग अस्थायी कर्मचारीहरूलाई न्यूनतम 21 हजार 6 सय रुपियाँ वेतन दिनुपर्ने, विद्युत कर्मचारीको रूपमा स्वीकृति दिनुपर्ने, अस्थायी कर्मचारीहरूलाई 60 वर्षसम्म कामको ग्यारेन्टी दिनुपर्ने, कर्मचारी छटाइँ गर्न नपाउने आदि सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *