अस्थायी कर्मचारीहरूद्वारा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा विक्षोभ प्रदर्शन

सिलगढी : गत तीन महिनादेखि वेतन नपाएपछि अन्ततः आज अस्थायी कर्मचारीहरूले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा विक्षोभ प्रदर्शन गरे। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा टेन्डरको माध्यमद्वारा लगभग 150 जना ग्रुप डी-का कर्मचारीहरूलाई अस्थायी कर्मचारीको रूपमा नियुक्त गरिएको थियो। गत तीन महिनादेखि तिनीहरूलाई वेतन नदिएको साथै यसबारे बाम्बार अस्पतालका सुपरलाई अवगत गराए तापनि कुनै पहल नगरेको अस्थायी कर्मचारीहरूको आरोप रहेको छ। यसैले बाध्य भएर अस्थायी कर्मचारीहरूले आज बिहानैदेखि अस्पतालको टिकट काउन्टर र आउटडोर अघि विक्षोभ प्रदर्शन गरे। यसले गर्दा रोगी परिसेवा बन्द रहेको बताइएको छ। मेडिकल आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याइयो। अर्कोतिर, सुपर सञ्जय मल्लिकले बताएअनुसार प्रदर्शनकारी अस्थायी कर्मचारीहरूलाई जुन संस्थाको माध्यमद्वारा नियुक्त गरिएको थियो तिनीहरूले नै वेतन दिइनेछ। यसमा आफूहरूले केही गर्न नसक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *