एआईटीसीद्वारा जारी पत्रले अन्योलता समाप्त गर्दै कालचिनी ब्लक सभापतिको पदमा पासाङ लामा नियुक्त

कालचिनी: अन्ततः यत्रो दिनको अन्यौलता चलिरहेकोबीच आज एआईटीसी-द्वारा जारी गरिएको विज्ञप्ति अनुसार तृणमूल कालचिनी ब्लक र अलिपुरद्वार दुई नम्बर ब्लक सभापतिको नाम स्पष्ट भएको छ। विगत केही दिन अघि मात्र जारी गरिएको अलिपुरद्वार र कोचबिहार जिल्ला तृणमूल कमिटी औ अलिपुरद्वार जिल्लाको अलिपुरद्वार दुई नम्बर र कालचिनी ब्लक सभापतिको नाममा प्रथमत: अलिपुरद्वार दुई नम्बर ब्लकको सभापति पदमा पासाङ लामाको नाम र अन्य ब्लक सभापतिको पदमा कुमारग्राम खण्डको लुईस कुजूरको नाम आएको थियो। उक्त जारी पत्रले गर्दा पासाङ लामा र लुईस कुजूरबीच को कहाँको ब्लक सभापति भन्ने बारेमा विवाद चुलिएको थियो भने यसैबीच कालचिनी ब्लकको पासाङ लामा समर्थकहरु उक्त पार्टीको पत्रले असमञ्जसमा परेको थियो। यद्यपि पासाङ लामाले शुरुदेखि नै पत्र भूलवश प्रिन्ट भएको र यसको फाइनल सुधार भएर आउने बताउँदै आइरहेको बीच आज अन्ततः एआईटीसीद्वारा जारी पत्रले अन्ततः कालचिनी ब्लक सभापतिको पदमा पासाङ लामा रहेको र लुईस कुजूर अलिपुरद्वार दुई नम्बर ब्लक सभापतिको पदमा घोषित गरिएको छ। आज पासाङ लामाले पार्टीभित्र केही द्वन्द्व नरहेको र यो मिसप्रिन्ट भएको तर कतिपय तत्वहरुले यसलाई उछालेर आफू र लुईस कुजूरबीच मतभेद सृष्टि गराउने चेष्टा गरेको पार्टीको घोषणा र सुधारले आफु खुसी रहेको जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *