अजय भाइले नेउराको पानीको बिल हुँदा 30 लाख कमिसन खाएको खबर मेरोमा छ: अनित थापा

दार्जिलिङ : केन्द्रको हर घर जल योजनामा मिरिकका ठेकादार पुकार तामाङलाई जीटीए चिफ अनित थापाले 7 प्रतिशतको मांग गरेको साथै विभिन्न दबाउ दिएको हाम्रो पार्टीले गम्भीर आरोप लगाउँदै फोन कल तथा म्यासेजहरूको स्क्रीन शट् गरेर मीडिया सामु प्रस्तुत गरेपछि अनित थापाले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्।
यसबारे अनित थापाले भनेका छन्, “अजय भाइले जुन भाईसंगको मेरो कुराको स्क्रीन शट अपलोड गर्नु भयो, म भन्छु अजय भाइ, त्यो भाइलाई मेरो अघि ल्याउनु। उसलाई सोध्नु मैले उसलाई पैसा मागेको थिए कि काम गर्दा सहयोग चाहिन्छ भनेर सहयोग गर्ने वचन दिएको थिए? लिडरको व्यवहार यस्तो हुँदैन। त्यो भाइलाई मेरो अघि ल्याउनु होस। म उसलाई सामना गर्नु तयार छु। म स्पष्ट मान्छे हुँ।”
“तपाईंको नगरपालिका त्यसै पल्टेको होइन। मैले पल्टाएको होइन। अजय भाइले नेउराको पानीको बिल हुँदा 30 लाख कमिसन खाएको खबर मेरोमा छ। कमिश्नरहरु त्यसै विच्केको होइन। कमिसन खाएर भट्की हिड्ने आत्मा होइन म।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *