अजय एडवर्डद्वारा कोरोना संक्रमणबाट बाँच्न सोनादाको गाउँ समाजहरूलाई समान प्रदान

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत कोरोना संक्रमणलाई मध्यनजर राखेर विभिन्न गाउँ समाजहरुलाई सहयोग पुर्‍याउँदै आइरहेको छ। यसै क्रममा सोनादा क्षेत्रका गाउँ समाजहरुले गोरामुमो सोनादा टाउन कमिटीमार्फत गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्डलाई पत्राचार गरे वापत् तिनले त्यहाँका 4 वटा समाजहरु क्रमैले, न्यु लाइट क्लब, खोङखोला सेवा समिति, नव पल्लभ समाज र दुख निवारक समितिलाई सेनिटाइज मसिन, पीपीई किट्स, अक्सिमिटर, सेनिटाइजर, मास्क, पञ्जा प्रदान गरे। गोरामुमो सोनादा पार्टी कार्यालयमा खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङ अनि सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीले हिजो ती सर-सामानहरू समाजका प्रतिनिधिहरुलाई प्रदान गरेको पार्टी सूत्रले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *