अजय एडवर्डद्वारा दार्जिलिङ लेबुङ भेल्लीको बेनेकबन भोटे गाउँको भ्रमण, खाद्य साथै ब्ल्याङ्केटहरू वितरण

दार्जिलिङ: दार्जिलिङका समाजसेवी अजय एडवर्डले आज बेनेकबनको भोटे गाँउको परिभ्रमण गरे। यस अवसरमा त्यहाँका मानिसहरूलाई भेट्ने क्रममा मानिसहरूको विविध समस्या तथा गुनासो सुनेपछि विशेष गरेर यहाँको बाटोको समस्यालाई ध्यानमा राखेर भोलि देखिनै बाटोको कार्य शुरू गर्ने तिनले वचन दिएका छन्। प्राप्त जानकारी अनुसार अजय एडवर्डको सहयोगमा अब लगभग 1 किलो मिटर लामो बाटो बनिने भएकोले स्थानीय मानिसहरू खुशी भएका छन्।


यसवाहेक तिनले बिरामीहरूलाई पनि भेटेर आज दवाई अनि बिरामीलाई चाहिने सर-सामाग्रीहरू प्रदान गरेका छन्। यसै गाउँका शरण तामाङका छोरा रिञ्छेन तामाङको शरीरिक अवस्था ठीक नरहेकोले गर्दा अबोप्रान्त अजय एडर्वड्सले नै दवाई पानीको सम्पूर्ण जिम्मेवारी लिएका छन्। यस अवसरमा स्थानीय युवा भाईहरू रितेश छेत्री अनि रूपेश छेत्रीको गायन प्रतिभालाई देखेपछि खुशी भएर तिनीहरूको भिडियो एल्बम बनाइदिने समेत एडवर्डले वचन दिएका छन्। अजय एडवर्डले आजको भ्रमण अवधि विपन्न परिवारका केही सदस्यहरूलाई खाद्य सामग्रीहरू अनि ब्ल्याङ्केटहरू पनि प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *