अजय एडवर्डद्वारा हेप्पी भेल्लीमा समर्थकहरूसित भेटघाट

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले आफ्नो समष्टि भ्रमणलाई जारी राख्दै सिंहमारी टकभर समष्टि अन्तर्गत हेप्पी भेल्ली चियाबारीमा राजनैतिक एवं सांङ्ठानिक गतिविधि विस्तारको निम्ति आफ्नो कार्यकर्ताहरुसित भेटघाट गरे। यस अवसरमा स्थानीय वासिन्दाहरुले तिनलाई खदा-माला लगाइदिएर भव्य स्वागत जनाए। ब्राञ्च अध्यक्ष अजय एड्वर्डले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, हेप्पी भेल्लीमा मलाई यसरी स्वागत जनाउँदा म आफैलाई भाग्यमानी ठान्छु । म राजनीतिसँगै समाजिक सेवा पनि गर्छु । भगवानले दिएको आशिर्वादलाई मैले विपन्न परिवारहरुलाई पुर्या उने मेरो यो सानो प्रयास हो तर विगत 15 बर्षदेखि पहाडको जनता ठगिएको छ। झण्डाको राजनीति मात्र हुँदैछ । झण्डा बोक्नेलाई मात्र सहयोग मिल्छ । यो सरासर गलत हो । गाउँको एक दुई जना मात्र धनी भएको छ। पहाडलाई स्विटजरल्याण्ड बनाउँछु भन्नेहरुले लथालिङ्ग बनाएको छ तर अब जनता जाग्नु पर्छ। तपाईं हामी मिलेर अब पहाडको गरिमा फर्काउनु पर्छ । हेप्पी भेल्लीमा गोरामुमो बलियो छ। यसको निम्ति म शाखाका प्रतिनिधिहरुलाई धन्यवाद दिन चहान्छु तपाईहरुको योगदानलेनै गोरामुमो बलियो भएको हो। यसैक्रममा, ब्राञ्च अध्यक्ष अजय एड्वर्डले बिगत केही दिन अघि हेप्पी भेल्ली शाखामा पुल निर्माणको निम्ति सहयोग प्रदान गरेका थिए निर्माण कार्य समाप्त भएपछि हिजो उक्त पुलको तिनले उट्घाटन गरे। यसको साथै तिनले स्थानीय गाउँसम्म जाने सडक मार्ग निर्माणको निम्ति जेसीबी मशिन दिएर सहयोग पुर्यााएका छन्। यसवाहेक, अजय एड्वर्डले हेप्पी भेल्ली शाखामा आर्थिक स्थिति कमजोर रहेका विपन्न परिवारका बिमारीहरुलाई भेटघाट गरेर उपचार गराउने साथै आर्थिक सहयोग दिने समेत वचन दिएका छन् । यस अवसरमा केन्द्रीय सदस्य वाई लामा, दार्जिलिङ ब्राञ्च कमिटी कार्यकारिणी अध्यक्ष किशोर गुरुङ, एचपीडब्लूयुयु केन्द्रीय महासचिव एसके लामा, समष्टिका सभापति प्रत्युम सुब्बा, सचिव रबिन गुरुङ, गोरामुमो दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्री, सचिव गोपाल परियार, समाजसेवी बिमल झवार साथै अन्य प्रतिनिधिहरु उपस्थित थिए। गोरामुमो हेप्पी भेल्ली शाखाका सभापति अर्पण योगीले साङ्ठानिक सभाको विषयबारे जानकारी दिए अनुसार हेप्पी भेल्लीमा गोरामुमो ब्राञ्च अध्यक्ष अजय एड्वर्ड आउनुको मुख्य उद्देश्य बिगत केही दिन अघि पार्टी अध्यक्ष मन घिसिङ साथै तिनको टोली साथै गठबन्धन दलका शीर्ष नेतृत्व टोलीले दिल्लीमा भएको बैठकको बारेमा जनतालाई जानकारी गराएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *