अजय एडवर्डद्वारा कालेबुङलाई चिकित्सा सामग्रीहरू प्रदान

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले अध्यक्ष मन घिसिङको निर्देशनमा बर्तमान समय कोरोना महामारीको प्रकोपलाई ध्यानमा राख्दै कालेबुङ जिल्लामा सेनिटाजेशन कार्यलाई तिब्रता दिएको छ। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले कालेबुङलाई कोरोना भाइरससँग लड्नको निम्ति विभिन्न सामग्रीहरु सहयोग पुर्या एका छन्। गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङको नेतृत्वमा कालेबुङको 8 वटा समष्टिमा उक्त चिकित्सा सामग्रीहरू वितरण गर्ने कार्य भइरहेका छ। यस सहयोगको निम्ति कालेबुङको पक्षमा बुद्ध तामाङले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *