अजय एडवर्डद्वारा सिंहमारी तकभर भेल्ली समष्टि क्षेत्रको परिभ्रमण

दार्जिलिङ: अजय एडवर्डले आफ्नो टोलीका सदस्यहरूसित सिंहमारी तकभर भेल्ली समष्टिको शान्ति पर्वत, माउण्ट हर्मोन अनि बड़ा पत्ताबुड़को माउण्ट हर्मोन टपमा भ्रमण गरे। त्यहाँ गाउँ भ्रमण गर्नको लागि  रजत प्रधान र रिदम थापाले एडवर्डलाई धेरै सहयोग पुऱ्याए। त्यहाँ एडवर्डले सामजिक तौरले भेटघाट गर्नको साथै धेरैजना बिरामीहरुलाई भेटेर तिनीहरुको गुनासो पनि सुने।


यस अवसरमा त्यहाँ भेला भएका माउण्ट हर्मोन टपका सबै गाउँवासीहरूले पानीको समस्याबारे अवत गराउँदै एडवर्ड्सलाई यसको समाधान निकालिदिने अपिल गरेपछि अजय एडवर्डले पनि त्यसको समाधानको लागि आर्थिक सहयोग प्रदान गर्ने वचन दिए। त्यस क्षेत्रका वासिन्दाहरूले एडवर्ड लगायत तिनको टोलीका सदस्यहरूलाई सामाजिक कार्यहरूको निम्ति सराहना गर्दै आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *