अजय एड्वर्डद्वारा सिङला चियाबारीका विपन्न 130 परिवारलाई खाद्य सामग्री वितरण

दार्जिलिङ : दार्जिलिङको सिंहमारी टकभर समष्टि अन्तर्गत सिङला चियाबारी गत केही साल अघिदेखि बन्द अवस्थामा रहेको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सिङला चियाबारीका विपन्न परिवारहरुलाई गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डद्वारा खाद्य सामग्रीहरू वितरण गरेका छन्। यसबारे स्थानीय रबिन गुरुङले जानकारी दिँदै गोरामुमो समष्टि सभापति प्रत्युम सुब्बाको नेतृत्वमा सिङला चियाबारी भ्रमण गरेर 130 परिवारलाई राहत स्वरुप खाद्य सामाग्रीहरू वितरण गरेको बताएका छन्। यसको निम्ति समष्टिको तर्फबाट पार्टीको ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई आभार व्यक्त गर्दै रबिन गुरुङले धन्यवाद दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *