अजय एड्वर्डद्वारा सोनादा रिङटाङ चियाबारीलाई सेनिटाइज गर्ने सामग्रीहरू सहयोग

सोनदा: गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलले रिङटाङ चियाबारीका 3 वटा समाजलाई सेनिटाइज गर्नको लागि पठाइ दिएको सेनिटाइजेशन मशिन, रासायनिक हाइपोक्लोराइट सलुसन, पीपीई किट्स, थर्मोमिटर, अक्सिमिटर, सर्जिकल माक्स, पञ्जा आदि समाग्रीहरु खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामामार्फत समाजका प्रतिनिधिहरुलाई हस्तान्तरण गरियो। प्राप्त जानकारी अनुसार रिङटाङ चियाबारीका विभिन्न गाउँ-समाजले बढ्दो कोरोना संक्रमणलाई रोक्नको निम्ति गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई सोनादा टाउन कमिटीमार्फत सहयोगको निम्ति पत्राचार गरेको बताइएको छ। गोरामुमो रिङटाङ चियाबारी शाखाका उपाध्यक्ष एसके मोक्तानले कोरोना भाइरसको प्रकोपसँग लड्नको निम्ति 3 वटा समाजलाई विभिन्न सामग्रीहरु दिएर सहयोग पुर्यानएकोमा अजय एड्वर्डलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *