अजय एडवर्डद्वारा टिस्टा भेल्ली अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान

टिस्टा भेल्ली: समाजसेवी अजय एडर्वड्ले आफ्नो वचन पूरा गर्दै टिस्टा भेल्ली अनि गेल चिया कमानको जोइन्ट अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरे। टिस्टा भेल्ली र गेल चिया कमानको जोइन्ट अस्पतालको केही दिन अघि अजय एडर्वड्ले परिभ्रमण गर्दा तिनले उक्त आस्पतालको आवश्यक्तालाई ध्यानमा राखेर अक्सिजन कन्सन्टेटर प्रदान गर्ने वचन दिएका थिए। उक्त वचन पूरा गर्दै अजय एडर्वडले आफ्नो टोलीका सदस्यहरूमार्फत एउटा अक्सिजन कन्सन्टेटर प्रदान गरेको बताइएको छ।


देश स्वतन्त्र हुन अगावै ब्रिटिसकालदेखि टिस्टा भेल्लीमा सञ्चालन गर्दै आइरहेको यो अस्पताल हालसम्म चिया कमानपक्षले चलाएर आइरहेको छ भने अब आउँदो दिनहरूमा अजय एडवर्डसित मिलेर स्वास्थ्य क्षेत्रमा सेवा कार्य गर्ने भएको छ। यस अमुल्य उपहारको निम्ति यस भेकका सारथी फान्डे्सन, हिल सोसियल वेलफेयर सङ्घ लगायत कमानका मुख्य प्रबन्धक सुरोज राठोड, मेडिकल इञ्चार्ज दिलकुमार तामाङ, सन्तोष छेत्री, शर्मिला तामाङ आदिको तर्फबाट अजय एडवर्ड अनि तिनका टोलीलाई कृतज्ञता प्रकट गर्दै धेरै धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *