अजय एड्वर्ड फाउण्डेसन मार्फत् कालेबुङमा सडक निर्माण कार्य जारी

कालेबुङ : गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष अजय एड्वर्ड फाउण्डेसनको तर्फबाट कालेबुङमा सडक निर्माण कार्य चलिरहेको छ। गोरामुमो समाजिक सेवा अभियान अन्तर्गत कालेबुङ 24 नम्बर समष्टि अन्तर्गत पूर्व काबी गाउँ सामथरबाट शुरू गरिएको सडक निर्माण कार्य राते तामयाङ्ग 24 नम्बर समष्टि, पब्रीङटार ग्राम पञ्चायत खोपी गाउँ हुँदै सेवा साङ्ग लोअर सामलबुङ्ग ग्राम पञ्चायत सिञ्जी सामलबुङ्ग, साधु गाउँ सामलबुङ्गसम्म युद्ध स्तरमा चलिरहेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। गोरामुमो कालेबुङ ब्राञ्च कमिटी युवा एकाइका अध्यक्ष बुद्ध तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै गत 26 अगस्तदेखि कालेबुङ 24 नम्बर समष्टिको गाउँ घरका सडकहरू भत्किएकोले गर्दा गाउँलेहरूले निक्कै असुविधा भोग्न परिरहेको छ। यसैले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई उक्त सडक मरमति गरिदिनमा सहयोग मागेकोले हाल अजय एड्वर्ड फाउण्डेसन मार्फत जेसीबी पठाएर सडक निर्माण कार्य भइरहेको छ। यसको साथै उक्त सडकलाई जेसीबी मसिनद्वारा सर-सफाई गरी पुनः वाहनहरू चलाचल शुरू भएकोमा गाउँलेहरूले गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डलाई धन्यवाद दिँदै आभार प्रकट गरेको प्रेस विज्ञप्ति मार्फत बुद्ध तामाङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *