अजय एडवर्ड फाउन्डेसनलाई कृतज्ञता प्रकट

बिजनबारी : मानव सेवा नै माधव सेवा भन्ने उद्देश्य लिएर कोविड 19-को महामारीमा पनि सम्पुर्ण पहाडवासीहरुको समस्याहरु शिरोपर गरेर खाद्यान्न सामग्री वितरण गरेर सहयोग पुऱ्याएकोमा अजय एडवर्ड तथा तिनको फाउन्डेसनलाई गोरामुमो पुल बिजनबारी समष्टिले आभार प्रकट गरेको छ। अजय एडवर्ड तथा तिनको फाउन्डेसनले बिजनबारीको विभिन्न स्थानहरुमा विपन्न परिवारका मानिसहरूलाई खाद्य समाग्री वितरण गरेका छन। यस सहयोगको निम्ति तिनीप्रति आभार रहेको साथै आफूहरु एडवर्ड फाउन्डेसनप्रति सदैव ऋणी रहने समष्टि युवा सभापति विजय सुब्बाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *