अजय एडवर्डको बयानको गोजमुमो बिमलपन्थीद्वारा विरोध

खरसाङ: गोर्खा जनमुक्ति युवा मोर्चा बिमलपन्थी खरसाङ महकुमा समितिका संयोजक सत्यम छेत्रीले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीको सभापति अजय एडवर्डले गोजमुमो अध्यक्ष बिमल गुरुङमाथि गरेको टिप्पणीको घोर विरोध जनाएका छन्। बिमलपन्थी युवा मोर्चा खरसाङ महकुमा समितिका संयोजक सत्यम छेत्रीले गोरामुमो दार्जिलिङको अध्यक्ष अजय एडवर्डले गोजमुमो अध्यक्ष बिमल गुरुङमाथि गरेको टिप्पणीको घोर विरोध जनाउँदै अजय एडवर्डले चाँडोभन्दा चाँडो ती कुराहरू फिर्ता लिँदै प्रेसमार्फत् क्षमा माग्नुपर्ने माग गरेका छन्। तिनले गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका सभापति अजय एडवर्डको बयानको विरोधमा हिजो खरसाङमा पोस्टरिङ पनि गरेको बताए। हामी गोजमुमो बिमलपन्थी सधैँ गोर्खाल्याण्डको लागि मात्र अघि बढ़िरहेको बताउँदै गठबन्धनको धर्म निभाउने अनुरोध पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *