अजय एडवार्डसको सहयोगमा दार्जिलिङको लोअर सिर्डर कमानमा राहत सामग्री वितरण

दार्जिलिङ : हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको राहत वितरण कार्य जारी रहेको छ। हाम्रो पार्टी अध्यक्ष एवम् सभासद अजय एडवार्डसले गत केही दिन अघि बन्द चिया बगानहरूमा राहत सामग्री वितरण गर्ने घोषणा गरेका थिए। उक्त घोषणालाई कार्य रूपमा परिणत गर्दै अजय एडवार्डसको सहयोगमा आज लोवर सिर्डर चिया बगानमा मानिसहरूलाई हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले राहत सामग्रीहरू वितरण गऱ्यो। यस अवधि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, सचिव जितेन राई आदि उपस्थित थिए। राहत सामग्रीहरू वितरण गरेकोमा कृतज्ञता प्रकट गर्दै स्थानीय वासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार जनाए। अजय एडवार्डसले बन्द चिया बगानहरूमा राहत सामग्रीहरू वितरण गर्नको साथै स्वास्थ्य जाँच शिविर, नेत्र जाँच शिविर आदि जस्ता सामाजिक कार्यहरूको पनि आयोजना गर्ने घोषणा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *