अजय एडवर्डको सहयोगमा जोगमाया चियाबारीको बस्ती गाउँसम्म पुग्ने सड़क खन्ने कार्य शुरू

खरसाङ : खरसाङ महकुमा अन्तर्गत जोगमाया चियाबारीमा हाम्रो पार्टी-का संस्थापक अजय एडवर्डले सड़क खन्नलाई जेसीबी प्रदान गरेपछि जोगमाया चियाबारीको बस्ती गाउँसम्म पुग्ने सड़क खन्ने कार्य आजदेखि थालियो। यसरी गाउँमा सड़क खन्ने कार्य शुरु भएकोमा स्थानीय गाउँलेहरू निक्कै खुशी देखिएका छन्। विगत धेरै वर्षदेखि खनेर तेतिकै राखिएको बाटो हाम्रो पार्टीको सहयोगमा खन्ने कार्य गरिएकोमा खुशी व्यक्त गर्दै गाउँलेहरूले हाम्रो पार्टी-का संस्थापक अजय एडवर्डप्रति आभार प्रकट गरेका छन्। यसरी जोगमाया चियाबारीमा अजय एडवर्डको सहयोगमा बाटो खन्ने कार्य आजदेखि थालिएकोमा हाम्रो पार्टी-का प्रतिनिधि बिगेन्द्र छेत्रीले सड़क खन्ने कार्य गरिदिएकोमा जोगमाया चियाबारीका मानिसहरू खुशी भएको बताउँदै अजय एडवर्डप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *