अजय एडवर्डको सहयोगमा लदाम बीच गाउँदेखि छयाङ्गपतिसम्म बाटोको मरमति कार्य, गाउँवासीद्वारा आभार प्रकट

कालेबुङ:  हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डको सहयोग साथै पार्टी कालेबुङ जिल्ला समितिको नेतृत्वमा 38 नम्बर समष्टि अन्तर्गत लदाम बीच गाउँदेखि छयाङ्गपति (गिरी गाउँ) सम्मको कच्चा बाटोको मरमति कार्य गरिएको छ। उक्त कार्यप्रति गाउँवासीले खुशी प्रकट गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड अनि कालेबुङ जिल्ला समितिलाई आभार व्यक्त गरेका छन्। प्राप्त जानकारी अनुसार स्थानीयवासीहरूले सड़कको समस्या बारे जीटीए 1 अनि 2 लगायत विभिन्न सम्बन्धित विभागहरूलाई भेट गर्दा पनि सड़क निर्माण नभए पछि लदाम बीच गाउँदेखि छयाङ्गपति सम्म लगभग डेढ किलोमिटर बाटो गाउँवासीहरू आफैले मिलेर जेसीबीद्वारा खन्ने कार्य गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *