अजय एड्वर्डले मङपु अस्पताललाई प्रदान गरे 25 वटा अक्सिमिटर अनि अन्य स्वास्थ्य सामग्रीहरू

मङ्पु: दार्जिलिङको एड्वर्ड फाउन्डेसनका अध्यक्ष अजय एड्वर्ड आज बाइकमा सवार भएर मङपु आइपुगेपछि तिनले मङपु अस्पताललाई केही अति आवश्यकीय स्वस्थ्य सम्बन्धी उपकरणहरू प्रदान गरे। तिनले अस्पतालका डाक्टर अरुप घोषाल अनि अस्पताल संरक्षण समिति संयोजक किरण पाख्रीन मार्फत् आशाकर्मीहरूको निम्ति 25 वटा अक्सिमिटर अनि केही स्वस्थ्य सामग्रीहरू प्रदान गरे। आगामी दिनमा पनि मङपु अस्पताललाई केही स्वास्थ्य उपकरण चाहिएको खण्डमा आफु दिनको लागि तयारी रहेको बताए। यस भन्दा अघि पनि तिनले एड्वर्ड फाउन्डेसनको तर्फबाट मङ्पु अस्पताललाई जेनरेटर अनि अन्य कतिपय स्वास्थ्य सामग्रीहरू प्रदान गरिसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *