अजय एडवर्डले पहिरोग्रस्त आरुबोटे भ्रमण अवधि राजनीति गरेको त्राण समितिको आरोप

बिजनबारी: गोरामुमो दार्जिलिङ ब्रान्च अध्यक्ष अजय एडवर्डले हिजो बिजनबारीको पहिरोग्रस्त आरुबोटे भ्रमणको समयमा राजनीति गरेको यहाँको त्राण समितिले आरोप लगाएको छ। यसबारेमा एउटा बिज्ञप्ति जारी गर्दै त्राण समिति सभापति दिलन सुब्बा तथा सचिव सञ्जय सुब्बाले अजय एडवर्ड राजनीति स्वार्थमा आरुबोटे आएको बताएका छन भने तिनी सहयोगको भावनामा मात्रै नरहेर राजनैतिक रोटी सेक्ने उद्देश्यले काम गरेको तिनीहरूको आरोप रहेको छ। आफुहरुको यस्तो दु:खदको समयमा पैह्रोलाई केन्द्र गरेर राजनीति नगरिदिने तिनले अपिल गरेका छन्। अब उसो कुनै पनि राजनीतिक दलका प्रतिनिधि पहिरोग्रस्त आरुबोटे आउँदा आफ्नो पार्टीको झण्डा लगाएर नआइदिने अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *