अजय एडवार्डसले पठाए अनित थापालाई कानूनी नोटिस

दार्जिलिङ : अनित थापाले माफी नमागे सशक्त कानूनी कार्वाही गर्ने चेताउनी दिँदै अजय एडवार्डसले तिनलाई कानूनी नोटिस पठाएका छन्। यसबारे एडवार्डसले एउटा विज्ञप्ति जारी गरेर जानकारी गराएका छन्। स्मरण रहोस, गत केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष तथा जीटीए प्रमुख कार्यपाल अनित थापाले एउटा कार्यक्रमलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष तथा निर्वाचित सभासद अजय एडवाडर्सले 30 लाख रूपियाँको भष्ट्राचार गरेको गम्भीर आरोप लगाएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफुमाथि लगाएको गम्भीर आरोप र लाञ्छनाहरू मिडिया रिपोर्ट र समाजिक सञ्जालहरूको माध्यमद्वारा थाहा पाएपछि जीटीए-को मुख्यालय लाल कोठी र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय कार्यालयमा कानूनी नोटिस पठाएका छन्। आफ्नो अधिवक्ताको माध्यमद्वारा पठाएको कानूनी नोटिसमा हाम्रो पार्टी अध्यक्ष तथा निर्वाचित सभासद अजय एडवाडर्सले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष तथा जीटीए प्रमुख अनित थापा समक्ष माफी माग्ने मांग गरेका छन। यदि अनित थापाले माफी नमागेको खण्डमा तिनी विरूद्ध स्थानीय न्यायालय, कोलकता न्यायालय र दिल्लीको न्यायालयमा एकै साथ मामिला दर्ता गर्ने एडवार्डसले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *