अजय एडवर्ड्सद्वारा लोअर सिडर्समा राहत सामाग्री वितरण

दार्जिलिङ: हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड्सको सहयोगमा दार्जिलिङको लोअर सिडर्सको बन्द चियाबगानमा आज दोस्रो पल्ट राहत सामाग्रीहरू वितरण गरियो। एडवर्ड्स हाल बन्द भएको दार्जिलिङको चिया बगानहरुमा त्यहाँका मानिसहरूलाई सहयोग गर्न प्रयासरत छन्। तिनले आफ्नो क्षमताअनुसार बन्द रहेका चिया बगानका श्रमिकहरुले भोगिरहेको आर्थिक समस्यालाई मध्यनजर राखेर केही सहयोगको रुपमा राहत वितरण गरिरहेको छ।


सोही क्रममा आज लोवर सिडर्समा पुगेर हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ-का अध्यक्ष डीके गुरुङ अनि साथमा अन्य सदस्यहरुले दोस्रो पल्ट राहत सामाग्रीहरू वितरण गरे। चियाबगानका बासिन्दाहरु तथा श्रमिकहरुले राहत वितरण गरिदिएकोमा अजय एडवर्ड्सप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *