अजय एडवर्ड्सद्वारा सामसिङ चिलाउनेका प्रशान्त प्रधानलाई आर्थिक सहयोग

सामसिंग : केही दिन अघि बाइक दुर्घटनामा परेर गम्भीर अवस्थामा पुगेका डुवर्सको सामसिंग अन्तर्गत चिलाउने चियाबगान निवासी प्रशान्त प्रधानलाई हाम्रो पार्टी प्रमुख अजय एडवर्डको पहलमा केही आर्थिक सहयोग प्रदान गरेको छ। प्राप्त जानकारी अनुसार प्रशान्त प्रधानलाई गत केही दिन अघि बाइक दुर्घटनामा परेर अस्पतालमा उपचाराधिन थिए भने तिनलाई गम्भीर अवस्था रहेको कारण अस्पतालबाट पनि घर वापसी गरिएको थियो। तिनलाई हाम्रो पार्टी प्रमुख अजय एडवर्ड्सले सामसिंग डुवर्स हाम्रो पार्टी-का नेहाल लगायत अन्य युवाहरुमार्फत केही आर्थिक सहयोग गरेका छन्। अर्कोतिर, आर्थिक सहयोग गरेकोमा प्रशान्तको परिवार पक्षबाट एडवर्डलाई कृतज्ञता प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *