अजय एडवार्डसको सहयोगमा बन्द चिया कमान राँगेरूङमा राहत सामग्रीहरू वितरण

दार्जिलिङ (निसं): सरकारको चैकीमा बस्नेहरूले गर्नु पर्ने काम अजय एडवार्डसले गर्दैछन् भन्दै दार्जिलिङ जिल्लाको बन्द राँगेरूङ चिया बगानका श्रमिकहरूले एडवार्डसप्रति आभार व्यक्त गरेका छन्। हाम्रो पार्टी अध्यक्ष एवम् जीटीए सभासद अजय एडवार्डसले गत केही सप्ताह अघि बन्द अवस्थामा रहेका चिया बगानका मानिसहरूलाई राहत सामग्री वितरण गर्ने तथा मेडिकल क्याम्प गर्ने आदि जस्ता विषयमा गरेको घोषणालाई हाल कार्यान्वित गर्दै बन्द चिया बगानहरूमा राहत सामग्रीहरू वितरण गरिरहेको छ। यसै क्रममा आज बन्द रहेको राँगेरूङ चिया बगानमा पनि अजय एडवार्डसको सहयोगमा हाम्रो पार्टीको श्रमिक संगठनका सदस्यहरूले राहत सामग्री वितरण गरे। यस अवधि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। यस अवसरमा राहत सामग्री लिन आएका स्थानीय श्रमिकहरूले पत्रकारहरूसँगको कुराकानीमा भने, जीटीए सभाको चुनाउ अघि हामीलाई रित्तो थाल ठोक्न लगाउँदै रेलीमा निकाल्यो अनि हामी पनि न्याय पाइन्छ भन्ने आशाले रेलीमा अंश ग्रहण गऱ्यौ। जिल्लापाल कार्यालय अघि धरना प्रदर्शन गर्न लगायो, त्यो पनि गऱ्यौ। यति मात्र होइन, अनशनमा बस्न लगायो अनि हामी अनशनमा पनि बस्यौ तर पनि हामीले न्याय पाएनौ।


स्थानीय एकजना श्रमिकले आफ्नो दुखेसो पोख्दै भने, जीटीए सभाको चुनाउमा भोट पनि हाल्न लगायो अनि हामीले भोट पनि हाल्यौ तर जीटीए सभाको चैकीमा बस्नेहरूले गर्नु पर्ने काम अहिले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गर्दैछन्। जीटीए सभाको चुनाउ जितेपछि सत्ताको चैकीमा बस्नेहरू हामी चिया श्रमिकहरूको अवस्था बुझ्न हालसम्म एकपल्ट पनि आएका छैनन्। यसरी नै, जिल्लापाल कार्यालय अघि धरनामा बस्दा, अनशनमा बस्दा, रितो थाल बजाउँदा हाम्रो आखाँबाट आशु झरेको थियो तर पाँच महिना बितिसक्दा पनि आफुहरूले न्याय नपाएको स्थानीय श्रमिकहरूले गुनासो पोखे। अर्कोतिर, हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले एडवार्डस फाउण्डेशन मार्फत बन्द चिया बगानहरूमा राहत सामग्रीहरू वितरण कार्यलाई जारी राख्नको साथै आगामी दिनहरूमा स्वास्थ्य जाँच शिविर,नेत्र जाँच शिविर आदि जस्ता कार्यक्रमहरूको आयोजना पनि गर्ने जानकारी दिएका छन्। तिनले अझ भने, हाम्रो पार्टी जनताको पार्टी हो, यसैले पहाडमा जनताको राज ल्याउनो हाम्रो पार्टीको एक मात्र लक्ष्य रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *