अजय एडवर्डसले खुन छर्किएको चियाबारीमा गंगाजल, दुध र गौमुत्र छर्किएर शुद्धीकरण गरे विधायक जिम्बाले

दार्जिलिङ: अजय एड्वर्डसले हेप्पी भेल्ली चियाबारीमा कमानका मालिकवर्गले चिया श्रमिकहरूलाई अन्याय र अत्याचार गरेको आरोप लगाउँदै मालिक पक्षको प्रतिवादमा हिजो आफ्नो शरीरको खुन छर्किएको ठाउँमा गएर आज विधायक निरज जिम्बाले गंगाजल, दुध अनि गौमुत्र छर्किएर शुद्धीकरण गरिदिए।


यस अवसरमा विधायक निरज जिम्बाले भने, यसरी चियाको बोटमा खुन छर्किनु गलत हो, हामीलाई चियाबारीको व्यवस्थापनसित गुनासो छ तर चियाको बोट सँग होइन। यसरी खुन छर्किदा अन्तर्राष्ट्रिय चिया बजारमा असर पर्छ र त्यो समयले बताउने छ। यसैक्रममा विधायक जिम्बाले हेप्पी भेल्ली चियाबारीका श्रमिकहरुलाई दसैंको उपहार स्वरुप लुगाफाटा वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *