आँखा जाँच परीक्षण केन्द्रको उद्घाटन

कुचबिहार : कुचबिहारको बीडी जैन लायन्स नेत्र अस्पतालमा बुधबार प्राथमिक आँखा जाँच केन्द्रको विधिवत् उद्घाटन गरियो। उक्त कार्यक्रममा उत्तर बङ्गालका विकास मन्त्री रविन्द्र नाथ घोष, कुचबिहार सेक्टर बीएसएफ-का डीआईजी वीरेन्द्र सिंह साथै अन्य व्यक्तिहरू उपस्थित थिए। आजदेखि यहाँको केन्द्रमा मानिसहरूको आँखा जाँच गर्नको साथै चश्माको पनि व्यवस्था गरिने छ। अस्पतालको हालसम्म निर्माण कार्य पूरा नभएको हुनाले आखाँको अपरेशन गर्न पर्ने रोगीहरूलाई सिलगढी पठाइने छ। निर्माण कार्य पुरा भएपछि अपरेशनको व्यवस्था पनि यहाँ नै गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *