अखिल भारतीय तेरापन्थ महिला मण्डलद्वारा कार्यशाला

सिलगढ़ी: अखिल भारतीय तेरापन्थ महिला मण्डलको निर्देशमा इस्लामपुर महिला मण्डलद्वारा “ मेरा परिवार-मेरा संसार” कार्यशालाको आयोजना गरियो। नमस्कार महामन्त्रको साथमा शुरू गरिएको उक्त कार्यक्रममा महिला मण्डल अध्यक्ष जयश्री सिंघीले स्वागत भाषणको साथमा कार्यक्रमा उपस्थित भएका अतिथिहरूको स्वागत गरिन्। साध्वीश्री डा. पीयूषप्रभा जी-ले मंगल उद्बोधनमा परिवारको महत्वबारे बताउँदै आचार्य महाप्रज्ञजीद्वारा दिएको सूत्र श्रम गर्नुहोस, सफल बन्नुहोस्, सहन गर्नुहोस सफल बन्नुहोस-लाई अप्नाउने सबैलाई अपिल गरिन्। साध्वीश्री दीप्तियशाजीले मेरो परिवार विषयमा वक्तव्य राख्नको साथै एउटा रोचक प्रतियोगिताद्वारा परिवारको महत्वबारे बताइन्। उक्त प्रतियोगितामा 8 परिवारले भाग लिएका थिए भने विजयी परिवारलाई पुरष्कार प्रदान गरियो। यस अवसरमा स्थानीय सभाध्यक्ष लक्ष्मीपतजी गोल्छा, महासभाका राष्ट्रीय कार्यकारिणी सदस्य कन्हैयालालजी बोथरा, अभातेयुपका राष्ट्रीय प्रभारी र तेयुप अध्यक्ष विकासजी बोथरा, सिलगढी अणुव्रत समितिका तोलारामजी सेठिया एवम् पदाधिकारीगण, सिलगढी एटीडीसी- का चेयरम्यान बच्छराजजी सेठिया,सिलगढी तेयुप अध्यक्ष दीपकजी, दलखोला अणुव्रत समितिका अध्यक्ष नगराजजी गदैया उपस्थित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *