अखिल भारतीय किसान महासभाद्वारा राङ्गापानीमा रेल रोको अभियान

सिलगढी :  अखिल भारतीय किसान महासभाले कृषि व्यवस्थालाई नीजिकरण गर्ने योजनाको प्रतिवादमा आज रेल रोको अभियान चलायो। कृषि क्षेत्रलाई नीजिकरण गर्ने योजनाको विरोधमा दिल्लीमा तनाउको माहौल देखा परेको छ।  राजधानी दिल्लीमा कृषकहरूद्वारा गरिएको आन्दोलनको आज 85 दिन भइसके तापनि हालसम्म कुनै समाधान गरिएको छैन। केन्द्र सरकारको यस प्रकारको एकतर्फा नीतिअघि कृषकहरू झुक्न चाहँदैनन्। यसैले आन्दोलनलाई नयाँ आयाम दिने उद्देश्य लिएर आज रेल रोको आन्दोलनको माध्यमद्वारा राज्यका विभिन्न वामपन्थी कार्यकर्ता, छात्र, युवा र महिला संगठनहरू भारत किसान महासभाको साथमा संयुक्त रूपमा आन्दोलन गरिरहेका छन्। यसै क्रममा सिलगढी संलग्न राङ्गापानीमा पनि संयुक्त संगठनले रेल रोको अभियान चलायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *