अखिल भारतीय नेपाली अनुसूचित जाति संघ सुकना-सिलगढीको लागि नयाँ कमिटी गठन

सिलगढी : अखिल भारतीय नेपाली अनुसूचित जाति संघ दार्जिलिङ केन्द्रीय कमिटीको आज दार्जिलिङ मोड़स्थित मङ्गल माइती भवनमा एउटा चर्चा सभाको आयोजना गरियो। उक्त सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ दार्जिलिङ केन्द्रीय कमिटीको नयाँ कमिटी गठन गर्नको लागि व्यापक चर्चा परिचर्चा गरियो। लगभग 3 घण्टासम्म चलेको उक्त चर्चा सभामा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ सुकना-सिलगढीको लागि एउटा नयाँ  कमिटी गठन गरियो, जसमा अध्यक्ष, 3 जना उपाध्यक्ष, ट्रेजर लगायत अन्य पदको लागि सदस्यहरू चयन गरेको बताइएको छ। यसबाहेक अखिल भारतीय नेपाली अनुसूचित जाति संघको केन्द्रीय कमिटीको एडभाइजरी कमिटीमा राजेन सुन्दासलाई सामेल गरेको संघका सदस्यहरूले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *