अखिल भारतीय नेपाली अनुसुचित जाति सङ्घ घैयाबारीद्वारा कुसे औंसी पालन

खरसाङ : खरसाङको घैयाबारीमा अखिल भारतीय नेपाली अनुसुचित जाति सङ्घ घैयाबारी शाखाको आयोजनामा बाबुको मुख हेर्ने दिन कुसे औंसी पालन गरियो। कुसे औंसी विगत 5 सेप्टेम्बरको दिन परेको भएपनि केही कारणवंश आज पालन गरिएको बताइएको छ। वर्तमान समयको नानीहरूमा आफ्नो बाबुप्रतिको माया र सम्मान साथै संस्कारलाई कायम राख्नलाई उक्त कार्यक्रम गरिएको हो। अखिल भारतीय अनुसुचित जाति संघ घैयाबारीको सभापति मणिकुमार खातीको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत सम्भाषण रुपेस गदालले राखेका थिए। कार्यक्रमको औचित्य विषयमा संघको उप सभापति धिराज रिचालले प्रकाश पारेका थिए।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा देवीमाया रोका उपस्थित थिइन् । घैयाबारीको लोअर गैरी गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न यस कार्यक्रममा सबै पिताहरूलाई आ-आफ्ना छोराद्वारा सामुहिक रुपमा पूजा अर्चना गरियो। यस कार्यक्रममा मोठ 35 जना पिताहरूलाई तिनीहरूको छोरा छोरीहरूले सम्मान गर्दै मन्त्रोच्चारसहित पूजा गरे भने सबै पिताहरूलाई टोपी लगाएर सम्मान गरिएको थियो। यसै अवसरमा सबै छोरा-छोरीहरूले आफ्ना आफ्ना पिताको लागि नृत्य, गीत, कविता, लेख, सम्भाषण, साङ्गीतिक प्रस्तुती दिएका थिए। यस कार्यक्रममा सबैले आफ्ना पिताको महत्व र पिताको सम्मान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *