अखिल भारतीय नेपाली अनुसूचित जाति सङ्घ मिरिक महकुमा समितिको सभा

मिरिक : अखिल भारतीय नेपाली अनुसूचित जाति सङ्घ मिरिक महकुमा समितिको सभा भारतीय नेपाली (गोर्खा) सार्की समाज भवन मिरिक बजारमा महकुमा अध्यक्ष सत्येन वरदेवाको अध्यक्षतामा सम्पन्न भयो। उज्जवल मङ्ग्रातीले सञ्चालन गरेको सभामा महकुमा समितिका कार्यकारी सदस्यहरू पारस घिमिरे, एसबी गजमेर, उमेश सेवा, लाल बहादुर सार्की, राजेश जैरू, नारद घिमिरे,सहदेव दर्जी आदि उपस्थित थिए। सभामा साङ्गठनिक गतिविधिबारे चर्चा गर्दै अनुसूचित जाति प्रमाण पत्र विषयमा चर्चा गरिएको उज्जवल मग्रातीले बताए। अनुसूचित जाति प्रमाण पत्रबारे देखा परेको कतिपय समस्याहरूको समधानको लागि मिरिक महकुमा शासकसित भेटवार्ता गर्न साथै जातिले पाउने कतिपय सरकारी सहयोग तथा साहुलियतबारे पनि सभामा चर्चा गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *