अखिल भारतीय तामङ बौद्ध संघको सभा सिलगढीमा सम्पन्न

सिलगढी (निसं): अखिल भारतीय तामङ बौद्ध संघ केन्द्रिय समितिको साधारण सभा संघका सभापति डा. राम मोक्तानको अध्यक्षतामा सिलगढी गुरुङ बस्ती गुम्बामा सम्पन्न भयो। उक्त सभामा हालै दिवगंत तामाङ दावा लामा, अङ्कुर तामाङलगायत अन्य दिवङ्गत सदस्यहरूको मृत्युमा शोक प्रकट गर्दै म्हाणी मोल्हम गरे। सभामा केन्द्रीय महासचिव एमके योञ्जनले हालै निपानियाँमा सम्पन्न भएको 35औं वार्षिक अधिवेशनको आय-व्यायको रिपोर्ट र अधिवेशन‌को समीक्षा रिपोर्ट प्रस्तुत गरे। तिनले केही दिन अघि अल्पसंख्यक आयोगका बौद्ध सदस्य रिन्छेन ल्हमुलाई भेट गरेर बौद्ध विश्वविद्यालय स्थापनाको लागि एउटा ज्ञापन पत्र चढाएको बारेमा जानकारी गराए। यसको साथै आगामी 4 जून 2023 मा ब्याङ्ककमा हुने अन्तर्राष्ट्रिय तामाङ परिषदको पाँचौँ अधिवेशनबारे पनि विस्तृत जानकारी गराए। यसैगरी, कोषाध्यक्ष शेरजङ्ग थिङले संघको आय-व्ययको विवरण र लटरी खेलाको रिपोर्ट प्रस्तुत गरे। संघको साङ्गठनिक गतिविधि र साङ्गठनिक विषयमा सचिव चन्द्र लामाले विस्तुत जानकारी गराए भने कार्यकारी अध्यक्ष दावा गोलेले संघलाई अझ बलियो बनाउन‌को लागि युवा अनि नारीहरू अघि आउनु पर्ने सुझाउ राखे। सभामा डुवर्स क्षेत्रका सहसचिव कुमार गोले, कालेबुङका उपसभापति बिमल जिम्बाले आ-आफ्नो मनतव्य राखे। वार्षिक अधिवेशन आयोजक समितिका प्रमुख संरक्षक विष्णु गोलेले सभामा संघको वार्षिक कार्यक्रम‌को रूपरेखा तयार गरेर कार्यान्वयन गर्नुपर्ने सातै सालबारीमा चाँडै प्रोजेक्ट शुरू गर्ने सल्लाह दिए। यसैगरी, दिल्ली शाखाका अरुण पाख्रीनले सम्बन्धित मन्त्रालय र अधिकारीहरूसित जनजाति र अल्पसंख्यक विभागबाट पाइने साहुलियतहरूबारे पाइला चाल्नुपर्ने सुझाउ पेश गरे। आगामी 5 मईको दिन बुद्ध-पूर्णिमाको दिन सम्पूर्ण बौद्धधर्मावलम्बीले प्रत्येक घर-घरमा मोम बत्ती जलाउनको साथै पञ्चशीलको झण्डा लगाउने सभामा प्रस्ताव ग्रहण गरियो। यसवाहेक बुद्ध पूर्णिमापछि संघको एउटा टोली अल्पसंख्यक मन्त्री जोन बारलालाई भेट्न दिल्ली जाने सभाले निर्णय लिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *