अखिल भारतीय तृणमूल महिला कङ्ग्रेसको तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवस पालन

राजगञ्ज : अखिल भारतीय तृणमूल महिला कङ्ग्रेसको राजगञ्ज ब्लक महिला कङ्ग्रेस कमिटीको तर्फबाट बेलाकोवामा आज अन्तर्राष्ट्रिय नारी दिवस पालन गरियो। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको देवी चौधुरानी सभाकक्षमा आयोजना गरिएको अन्तर्राष्ट्रिय नारी दिवसको कार्यक्रममा राजगञ्जका विभिन्न अञ्चलका महिलाहरूले अंश ग्रहण गरेकी थिइन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषद्का सभाधिपति तथा राजगञ्ज ब्लक महिला तृणमूलका सभानेत्री उत्तरा बर्मनले भनिन्, आज राज्यभरिमै तृणमूलको तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवस पालन गरिरहेको छ भने राजगञ्ज शाखाको तर्फबाट पनि नारी दिवस पालन गरियो। कार्यक्रममा राजगञ्ज पञ्चायत समितिका सभापति पूर्णिमा राय, ब्लक शिक्षा अधिकारी रुपाली दे, शिकारपुर ग्राम पञ्चायत प्रधान रञ्जिता राय, अर्चना राय बर्मन, अनिता राय, रञ्जना राय लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *