अलग ब्लक माग समितिद्वारा सांसद शान्ता छेत्रीलाई ज्ञापन

मिरिक : मिरिक महकुमाको तराई क्षेत्रलाई लिएर अलग ब्लकको मागलाई लिएर आज अलग ब्लक माग समितिले राज्य सभा सांसद श्रीमती शान्ता छेत्रीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। वर्षौदेखि च्याँगा पानीघट्टा ग्राम पञ्यायत क्षेत्र लगायत संलग्न क्षेत्रलाई लिएर अलग खण्ड विकास कार्यालयको माग गरिँदै आइरहेको थियो। अलग ब्लक माग समितिका भास्कर राईले बताएअनुसार वर्षौँदेखि हामीले तराईको असुविधालाई लिएर अलग ब्लक गठनको माग गर्दै आइरहेका छौँ। राज्य विधानसभा चुनाउअघि नै मुख्यमन्त्री ममता ब्यानर्जीले यसबारे पहल गरिदिने तिनले निवेदन गरे। सांसद छेत्रीले अलग ब्लक माग समितिको माग जायज रहेको बताउँदै मिरिक महकुमा ठुलो क्षेत्र भएकोले समयको आवश्यकता अनुसार तराई क्षेत्रका कतिपय क्षेत्रहरूलाई लिएर अलग ब्लक बनाउनु आवश्यक रहेको छ। तिनले यस विषयबारे चाँडै दार्जिलिङका जिल्लापाल समक्ष पत्राचार गर्ने वचन दिँदै दीर्घकालीन मागको समस्या समाधान गरिने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *