अलग राज्य गोर्खाल्याण्डको मागमा दार्जिलिङ शहरमा क्रामाकपा-को जुलूस

दार्जिलिङ (निसं): अलग राज्य गोर्खाल्याण्डको मागमा क्रामाकपा (कम्युनिष्ट पार्टी अफ् रिभोलुसनेरी माक्सिस्ट)-ले आज दार्जिलिङ शहरमा एउटा विराट जुलूस निकाल्यो। दार्जिलिङ शहरस्थित क्रामाकपा पार्टी कार्यालयबाट निकालेको जुलूसले शहरको विभिन्न पथहरूको परिक्रमा गर्दै गोर्खाहरूको दीर्घकालिन माग अलग राज्य गोर्खाल्याण्डको गठन गरिनु पर्ने साथै बंगालबाट अलग गराइनु पर्ने माग गऱ्यो।


जुलूसमा सहभागी भएका क्रामाकपा-का समर्थकहरूले ‘केन्द्र सरकार आफ्नो संकल्प चाँडै पूरा गर’, ‘दार्जिलिङ र डुवर्स कहिले पनि बंगालको भू-भाग थिएन ’, ‘भारतीय संविधानको धारा 3 (क) अनुसार अलग राज्य गोर्खाल्याण्ड गठन गर ’ आदि जस्ता लेखिएका प्ला कार्डहरू पनि बोकेका थिए। यस अवसरमा क्रामाकपा-का शिर्ष नेताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *