अलग राज्यको मागको विरोधमा स्टुडेन्ट सोसाइटी अफ् सिलगढीद्वरा मौन विरोध प्रदर्शन

सिलगढी : बङ्गाललाई विभाजन गरेर अलग राज्यको माग उठेपछि राज्यको राजनीति गर्मिएको छ। आज अलग राज्यको मागको विरोधमा स्टुडेन्ट सोसाइटी अफ् सिलगढीले हातमा प्ला कार्ड लिएर सिलगढीमा मौन धरना प्रदर्शन गर्यो। यसबाहेक तिनीहरूले साधारण मानिसहरूलाई हातमा राखी बाँधेर सबैलाई एकजुट रहने अपील पनि गरे।


यस सम्बन्धमा स्टुडेन्ट सोसाइटी अफ् सिलगढीका सदस्य विवेक झाले बताएअनुसार कोरोना परिस्थितिमा प्रत्येक दिन धेरैजना मानिसहरू संक्रमित भइरहेका छन् भने केही मानिसहरू मृत्यु समेत भइरहेको छ। यस्तो परिस्थितिमा केही मानिसहरूले बङ्गाललाई विभाजित गर्ने षड्यन्त्र रचिरहेकोले कुनै पनि परिस्थितिमा बङ्गाललाई विभाजित गर्न नदिने बताउँदै तिनीहरूले आज मौन धरना प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *